काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले २० प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले लगानीकर्ताहरुलाई करसहित २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको हो ।
राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि कम्पनीका लगानीकर्ताहरुले सो मात्रामा बोनस सेयर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्