काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि नेपाल राष्ट्र बैंक विरुद्ध खनिएका छन् । नेपाल उद्योग परिंसंघले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दा प्रधानमन्त्री प्रचण्डले राष्ट्र बैंक र त्यसको नेतृत्व पनि असन्तुष्ठ देखिएका हुन् । उनले सरकारले अघि सारेको वित्तिय नीति(बजेट) कार्यान्वयनमा राष्ट्र बैंकले असहयोग गरेको संकेत गरे ।
अर्थतन्त्र गम्भिर संकटमा रहेको बताउँदै उनले सुधारका प्रयासहरु भने पर्याप्त नभएको स्वीकार पनि गरे । ‘अर्थतन्त्र सुधारका हाम्रा प्रयासहरु पर्याप्त छैनन् । अर्थतन्त्र अहिले पनि दबावमा छ । केहि नीतिगत र केहि व्यवहारिक कदम नचाल्ने हो भने गम्भिर स्थिति आउँदैछ भन्ने महशुस सरकारलाई पनि भै नै राखेको छ ।’ उनले गम्भिर स्थिति आउने संकेत गर्दै केहि नीतिगत र व्यवसायीक कदम चाल्ने चेतावनी भने नेपाल राष्ट्र बैंक नेतृत्वदलाई दिएका हुन् ।
उनले अर्थतन्त्र दबावमा पर्नुका थुप्रै कारणहरु रहेको तर मुल कारण भने वित्तिय नीति(बजेट) र मौद्रिक नीतिको समन्वय अभाव नै भएको जिकिर पनि गरे । ‘र यसमा अन्य कुराको अतिरिक्त नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको वित्तिय नीतिमा नीजी क्षेत्रको चाहनाको बिचमा समुचित तालमेल गर्ने कुरा अझै पनि एउटा चुनौतीको रुपमा हाम्रो अगाडी उपस्थित छ ।’, प्रधानमन्त्री प्रचण्डले भने ।
उनले अर्थतन्त्रलाई लयमा फर्काउन सरकार र राष्ट्र बैंकको सम्बन्ध सुधारका लागि आफुले निकै प्रयास गरेको पनि बताए । ‘यद्यपी प्रधानमन्त्रीको हैसियतले मैले लगातार मौद्रिक नीति र वित्तिय नीतिको बिचमा, सार्वजनिक क्षेत्र र नीजी क्षेत्रको बिचमा तालमेल मिलाउनको निम्ति धेरै प्रयास र बैठकहरु गर्दै पनि आएको छु ।’
उनले अर्थतन्त्रमा केहि सुधारका संकेतहरु देखिएको भएपनि आवश्यकता अनुसारको सुधार भने अझै नभएको टिप्पणी पनि गरे । ‘केहि मात्रात्मक सुधार भएको पनि महशुस हुन्छ । तर अर्थतन्त्रको आजको आवश्यकता अनुसारको हाम्रो मौद्रिक नीति, आजको आवश्यकता अनुसारको हाम्रो वित्तिय नीति र आवश्यकता अनुसारको सोँच र कार्यशैलीमा धेरै नै सुधार गर्नुपर्ने आवश्यकता भने रहिनै रहेको महशुस हुन्छ ।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अर्थमन्त्री डा. प्रकाश शरण महतले निन्तर हमला गर्दै आईरहेका छन् ।
अर्थमन्त्रीका रुपमा गभर्नरसँग सम्बन्ध सुधारका लागि ठोस पहल गर्नुको साटो अर्थमन्त्रीले सार्वजनिक मञ्चहरुबाटै गभर्नरको आलोचना गरिरहेका छन् । अब भने प्रधानमन्त्री नै गभर्नरको नीति विरुद्ध उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्