Shikhar Insurance
National Life

पुनः निमार्णको पखाइमा ऐतिहासिक सोह्र खुट्टे पाटी

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार १६:२४
Hyundai
NCELL
NIMB

ललितपुर । ललितपुर महानगरपालिका–२२ बुङ्गमती स्थित ऐतिहासिक सोह्र खुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालमा भूकम्पले क्षति पुर्याएका धेरै सम्पदाहरु पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन।

काठमाडौं उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र  खुट्टा भएको पाटी छैनन् । इतिहासकारका अनुसार सोह्र  खुट्टा भएकाले सोह्र खुट्टे पाटी भनिएको हो । ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको सोह्र खुट्टे पाटीको अहिले एउटा पिल्लर अर्थात् खुट्टा भूकम्पले क्षति पुर्याएको थियो । पार्टी प्रयोगविहीन छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रातो मच्छिन्द्रनाथको १२ वर्षे रथारोहन समयमा सोह्र खुट्टेमा रातो मच्छिन्द्रनाथको रथलाई बास बसाल्ने गरिन्छ । त्यसै समय सोह्र खुट्टे पाटीमा कुमारीलाई राख्ने चलन छ । १२ वर्षमा एकपटक बुङ्गमतीबाट रातो मच्छिन्द्रनाथको रथलाई पाटन क्षेत्रमा घुमाएपछि पुनः बङ्गमतीमा पुर्याउने परमपरा छ । सोह्र खुट्टे पाटीमा धेरै वर्षपहिले भत्तपुर, काठमाडौं, कीर्तिपुरबाट बुङ्गमती हुँदै डुगुछाप, छुम्पी र पर्सीडोल पदैल यात्रा गर्नेहरु अबेर भएपछि बास बस्ने गरेको ६१ वर्षीय मानकुमार महर्जन बताउछन्। उनले भने, “सोह्र खुट्टे पाटी ऐतिहासिक पाटी हो । अन्य पाटीहरुभन्दा यो पाटी फरक छ । भूकम्पले भत्काउनुभन्दा अघि राम्रो थियो तर अहिले त जीर्ण अवस्थामा छ ।”

इतिहास बोकेको सोह्रो खुट्टे पाटी मुख्य सडक छेउमा पर्छ । यदि सडक विस्तार गर्नुपरेमा पाटीलाई अर्को ठाउँमा सार्नुपर्ने हुन्छ । ललिपुर महानगरपालिका–२२ का वडाअध्यक्ष सागर तुलाधरले समितिसँग सल्लाह गरेर पाटीलाई हालको स्थानभन्दा पछाडि सारेर पुनः निर्माण गर्ने बताउछन्। उनका अनुसार महानगरपालिकाबाट सोह्र खुट्टे पाटी पुनःनिमार्णका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उनले भने, “भूकम्पले भत्काएका अन्य पार्टीहरु पुनः निर्माण भइसकेका छन् । धेरै लामो इतिहास बोकेको सोह्र खुट्टे पाटी पुनः निर्माण हुन सकेको छैन । अब यो वर्ष नै हामी यसलाई निर्माण गर्ने तयारीमा छौँ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्