Skip to content
Shikhar Insurance
National Life

करेन्ट नुडल्सको ब्रान्ड एम्बेसडरमा केकी अधिकारी

Hyundai
NCELL
NIMB

काठमाडौं । यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्बेसडरमा केकी अधिकारीलाई घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्रान्ड एम्बेसडर चयन गरेको हो ।

जसअनुसार कम्पनीले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेसडर चयन गरिएको जानकारी दिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले सो कुराको जानकारी दिएको हो ।

यशोदा फुड्स प्रालिले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो । हाल कम्पनीले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ ।

सुपर प्रिमियम सेगमेन्टअन्तर्गत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमीयम सेगमेन्ट अन्तर्गत करेन्ट, लाली, लगायतका चाउचाउहरु उत्पादनमा छन् ।

त्यसैगरी प्रिमियम स्न्याक्स सेगमेन्टअन्तर्गत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टिक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिंग, करेन्ट मखनालगायतका प्रिमीयम स्न्याक्सको उत्पादन गरी नेपाल लगायत विदेशमा समेत निर्यात गरिरहेको छ ।

गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाल लगायत विदेशका भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरुमा निर्यात गरिरहेको कम्पनीले आफ्ना उत्पादन र ब्राण्ड प्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पत्ति भएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्