Shikhar Insurance
National Life

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार १२:०८
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्