Shikhar Insurance
National Life

एनआइसी एशिया बैंकद्वारा ३०.५२ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं। एनआइसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने कुल ३०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये २९ प्रतिशतका दरले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशतका दरले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्