Shikhar Insurance
National Life

अर्थतन्त्रको ‘चिसो इञ्जिन’मा प्राण भर्दै अटो शो

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार १९:०७
Hyundai
NCELL
NIMB

काठमाडौंको भृकुटीमण्डपस्थित ‘नाडा अटो शो–२०२३’ जारी छ । आइतबारसम्म चल्ने अटो शोले शिथिल अर्थतन्त्रलाई गुल्जार बनाउने अपेक्षा गरिएको छ । अपेक्षा अनुसार नै अटो शोमा भिजिटरहरु आईरहेका छन् । ‘कोरोनाका कारण ३ बर्षसम्म रोकिएको अटो शोले शिथिल अर्थतन्त्रमा प्राण भर्ने अपेक्षा थियो र त्यसमा केहि सफलता प्राप्त भैरहेको यी दृश्यहरुले बुझाउँछन् ।’, नाडा अध्यक्ष ध्रुव थापा भन्छन् । त्यसो त १५ औं नाडा अटो शो मुलतः ईभीमय बनिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

६ दिने शोमा १२० वटा स्टलमा ४५ वटा सवारी साधनका ब्राण्डहरु सहभागी छन् । त्यसबाहेक, मोटरपार्टससहित बैंक तथा बीमा कम्पनीहरुले पनि ऋण र बीमाका बिभिन्न अफरहरुसहितका स्टल राखेका छन् । अटो शोमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधनसहित लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागीता छ ।

अटो शोमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा तथा ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ ।
सडक र सवारी सुरक्षाबारे जानकारी दिनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौंले छुट्टै सूचना–कक्ष राखेको छ । अटो शोलाई थप व्यवस्थित र सहज आवागमनका लागि नाडाले काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सेवा दिएको छ ।

६ दिने शोमा ७५ हजार अटो प्रेमीले उपस्थिति जनाउने नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । सरकारले गत बर्ष गाडी आयातमा प्रतिबन्ध लगाएपछि गत बर्ष नाडाले इभीको मात्रै शो गरेको थियो । सरकारले अटो मोबाइल क्षेत्र मैत्री नीतिहरु अवलम्बन गर्नुपर्ने नाडा अध्यक्ष थापा बताउँछन् । नेपालमा अटोमोबाइलका एसेम्बल प्लान्टहरु स्थापना हुने क्रम बढेकाले सरकारी नीतिमा स्थिरता आवश्यक पर्ने थापाले बताए ।

करका दरहरुमाथिको अस्थिरता र हायर पर्जेज कर्जामा राष्ट्र बैंकले गरेको कडाईले व्यवसायीहरु चिन्तित बनिरहेको गुनासो पनि थापाले गरे । २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको अटो शोले त्यो अपेक्षालाई पार गर्ने सम्भावना देखाएको छ । बैंकको ब्याजदर, नागरिकको घट्दो क्रयशक्ति, निजी क्षेत्रको कमजोर आत्मबलका बीच पनि अटो शोले अर्थतन्त्रमा केहि सकारात्मक सन्देश छाडिसकेको छ । अटो शोले अर्थतन्त्रको ‘चिसो इञ्जिन’मा प्राण भर्दै गैरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्