Skip to content
Shikhar Insurance
National Life

मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो, कस्तो छ कम्पनी ?

Hyundai
NCELL
NIMB

मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन खुलेको छ । बिहिबारदेखि आईपीओ खुला गर्ने तय भए पनि सार्वजनिक बिदा परेपछि कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो े।
कम्पनीले यस अघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँट गरेको छ भने १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्रि गरिसकेको छ ।

त्यस्तै, १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि र ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । छिटोमा असोज २ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा असोज १२ गते हुनेछ।

आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। एनआईसी एशिया क्यापिटल लिमिटेडले बिक्रि प्रबन्धकको काम गरिरहेको छ ।

आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीमा गरिएको लगानी लगानी फिर्ता हुने अवधि ६.११ वर्षमा फिर्ता हुने प्रोजेक्सन गरिएको छ । कम्पनीको प्रवरद्ध्नमा ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । जसको प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ भने कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ ।
आयोजनाको विद्युत उत्पादन अनुमति ३२ वर्ष ६ महिना बाँकी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्