काठमाडौं। सानिमा बैंकले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकको भदौ २८ दिउँसो ४ बजे बसेको २६१औं सञ्चालक समिति बैठकले सो दरमा लाभांश दिने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।
प्रतिक्रिया दिनुहोस्