Shikhar Insurance
National Life

सिटिजन लाइफको आईपीओ बाँडफाँट, ९ लाख आवेदकले पाए १० कित्ता सेयर

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १४:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो।

इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निष्काशन अवधिमा इन्स्योरेन्सको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १४ लाख ७ हजार २३७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ९ लाख आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको सेयर प्राप्त गरेका छन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्