Shikhar Insurance
National Life

एभरेष्ट बैंकका लगानीकर्तालाई २०.५३ प्रतिशत लाभांश, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकको भदौ २७ गते बसेको संचालक समितिको ३५७ औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले हाल कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्