Shikhar Insurance
National Life

पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा अहिले लाखौंको लगानी

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १६:४३
Hyundai
NCELL
NIMB

जानकी । “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडी कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको । सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गरे । तत्कालीन समयमा ५ हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० रूपैयाँसम्मको फाइदा भएको उनले बताइन्।

“सुरुमा सानो पुँजीमा पाँचवटा जति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो”, उनले भनिन्, “एउटा गहनाबाट त्यतिखेर दुई सय ५० सय रूपैयाँ जति नाफा भएको थियो । त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुईवटा साथीलाई उपहार दिएँ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उनको तलब मासिक ३५ हजार रूपैयाँ थियो । तर, उहाँ त्यो कामबाट सन्तुष्ट भइनन् ।

आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले रिचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गरिन् । जुन नेपालगञ्जमा एकदमै नयाँ थियो । “अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैंँ लागिरहन्थ्यो । त्यो फरक मैले नेपालगञ्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ”, उनले भनिन्, “यो व्यवसायको बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरेंँ र आफ्नै घरबाट यस्को सुरुवात गरेँ ।”

उनले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत गरिरहेको बताइन् । उनी टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउँछिन् । रिचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ । “अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु”, उनले भनिन्, “टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ ।”

हाल उनले मासिक १० लाख रूपैयाँको कारोबार गर्छिन् । जसबाट १ लाख ५० हजार रूपैयाँको हाराहारीमा नाफा हुने गरेको उनको भनाइ छ । “घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नुपर्दैन, बिहानैदेखि रातिसम्म उनको घरमा सामान किन्न आउनेको घुइँचो हुने गरेको उनले सुनाइन् ।

हिजोआज रिचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ । महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्नुहुने रिचालाई गत वर्ष फागुनमा महिला उद्यमी संघ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो ।

व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी संघको व्यापार मेलाले रिचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्यायो । उनका अनुसार उक्त मेलामा रिचाले ६५ हजार रूपैयाँको लगानीबाट १ लाख ३० हजारको आम्दानी गरेकी थिइन्। “त्यतिबेला भखैरै व्यापार सुरु गरेकी थिएँ । त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो”, उनले भनिन्, “मैले तत्कालीन समयमा जोखिम लिए ६५ हजार रूपैयाँ लगानी गरेकी थिएँ तर नसोचेकै फाइदा भयो । मैले १ लाख ३० हजारको आम्दानी गर्न सफल भएकी थिएँ ।”

दुई सन्तानकी आमा रिचाले दुई छोराको नामबाट जेडी कलेक्सनको नाम राखेकी हुन् । रिचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्छिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्