Shikhar Insurance
National Life

भक्तपुरकाे कौशलटारमा यामाहा नेपालको सर्वाधिक ठूलो ब्लू स्क्वायर शोरुम

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १३:१२
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले कौशलटार भक्तपुरमा शोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लूले अत्याधुनिक र सर्वाधिक सुविधासम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको हो ।

एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिसका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सनालिटी सुरज सिंह ठकुरी र अभिनेत्री प्रियङ्का कार्कीले भदाै २५ गते सोमबार भव्य समारोहबीच शोरुम संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शोरुममा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने छ । यस शोरुममा बेटर कष्टमर एक्सपरेन्स अनुभव गर्नुको साथै छिटो र पर्सनलाइज वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजी मार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सक्नेछन् ।

यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले कौशलटार भक्तपुरमा यामाहा व्लु स्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै भने, “यो पनि सबैभन्दा ठूलो र सबैभन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाइकल स्कुटर एसेसरिज र एपरिअल उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौं ।”

एमएडब्लूले अघिल्लो वर्ष असोज १३ गते नक्सालमा नेपाली बजारमा उपलब्ध दुई पांग्रे सवारी साधन बजारकै सबैभन्दा अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको थियो ।

ग्राहकहरुको सुविधालाई स्थापनाकाल देखिनै उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लु कोर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्