Shikhar Insurance
National Life

बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । बिवाइडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रममार्फत ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो।

कम्पनीले गाडीको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ । बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी रहेका ताथा ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी भएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ यसले ७ किलोवाटको चार्जर समर्थन गर्नूका साथै एक पटकको पूरा चार्जमा ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी रहेको छ ।

कम्पनीका अनुसार बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी ई–प्लेटफर्म ३.० मा उत्पादन गरिएको, सेल–टू–प्याक (सिटिपी) प्रविधिमा आधारित, (यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ) रहेको छ । यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ। यो प्लेटफर्मले बौद्धिकता, दक्षता, सुरक्षा, र सौन्दर्यशास्त्रमा क्यापिटलाइज गरेको छ। यो पूर्ण रूपमा विद्युतीय हो। कम्पनीले यो गाडी निर्माणमा कुनै पनि कमि छाडेको छैन। विभिन्न विशेषतासँगै सुरक्षाको हिसाबले पनि कम्पनीले डल्फिन उत्पादनमा उत्तिकै प्राथमिकता दिएको छ ।

यो ह्याचब्यागमा २,७०० एमएम ह्विलबेस प्रदान गरिएको, यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिने, यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिने कम्पनीको भनाइ रहेको छ । यसले गाडी चालकको कार्यसम्पादनमा धेरै सुधार गर्छ । साथै, सुरक्षाको हिसामा पनि थप बलियो पार्न मद्दत गर्छ। कम्पनीले बिवाइडी डल्फिन चलाउने चालकलाई सहज हुने ढंगले प्रविधि र प्रणाली सुजज्जित गरेको छ। यसबाहेक बिवाइडी चालक र यात्रु सुरक्षालाई लिएर निकै संवेदनशील र सतर्क छ ।

बिवाइडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ । यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता दिइएको छ । यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्यू जस्ता फिचरहरू पनि समावेश गरिएको छ । यी फिचरहरूले गाडी चालकलाई सतर्क र उत्तरदायित्व बनाउनका साथै समग्र सुरक्षालाई बढावा दिन्छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्