Shikhar Insurance
National Life

कृषिमन्त्री भुसाल र इजिप्टकी राजदूतबीच शिष्टचार भेट

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीबीच भेटघाट भएको छ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबालीबीच शिष्टचार भेटघाट भएको हो ।
भेटमा मन्त्री भुसालले नेपालको उच्च गुणस्तरको चिया, कफी, अलैंची जस्ता उपजहरु इजिप्टका जनतासामु पु¥याउन इच्छुक रहेको बताए । नेपालको कृषि क्षेत्रमा इजिप्टको सहयोग हुने मन्त्री भुसालले आशा व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रासायनिक मलको उपलब्धतामा सहजिकरण गर्न सकिने बताएका मन्त्री भुसालले नेपालको कृषि प्राविधिकहरुलाई भविष्यमा विभिन्न प्राविधिक विषयमा तालिम तथा अध्ययनको अवसर उपलब्ध गराउन आग्रह गरे ।

भेटमा राजदूत एल्गेबालीले नेपालसँग आफ्नो देशले व्यापारिक साझेदारी गर्न चाहेको बताइन् । साथै नेपालको माग भएमा रासायनिक मल दिन सक्ने जनाइन् । आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग आदानप्रदान गर्दै जानुपर्नेमा जोड दिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्