Shikhar Insurance
National Life

नेपाल लाइफद्वारा दूधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

सिंहदरबार संवाददाता
२०८० भाद्र २२, शुक्रबार १७:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय ३२ मिटर उचाइमा रहेका प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा तीर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा यही भदौ ११ देखि १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त शिविरबाट ४ सय २२ जना भक्तजन प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २ सय १० जनाको स्वास्थ्य परीक्षण, १ सय ४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरुले संयुक्त रुपमा शिविर सञ्चालन गरेका थिए । विशेषत मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वास–प्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरको उपचार गरिएको थियो ।

अब आउने निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

‘किनभने जीवन अमूल्य’ छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि नेपालीहरुको घर दैलोमा जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्तसम्ममा लगानी १७२ अर्ब रुपैयाँ रहेको छ भने जीवन बिमा कोष करिव १६३ अर्ब रुपैयाँ संचित रहेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय ९२ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्