काठमाडौं । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैं–तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ।
यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंकको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ ।
यस सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकवर्गले सानिमा बैंकमार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।
यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर “रेनो शुभ कार रम्भ” योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजी फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरल गायतका लाभ पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्