काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्य नयाँ रेकर्ड कायम गरि हालसम्मकै उच्च विदुमा पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार शुक्रबार अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ४४ पैसा पुगेको छ। यो हासम्मकै महँगो हो।
बिहीबार डलरको मूल्य १३३ रुपैयाँ ३२ पैसा थियो। शुक्रबार १२ पैसाले बढेर डलरको मुल्यले नयाँ रेकर्ड बनाएको हो।
अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ।अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर भएको हो।
डलरको मूल्य महंगिदै जाँदा आयात भने झनै महँगो हुने छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको मुल्य महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।
विदेशी मुद्रको विनिमय दरः
प्रतिक्रिया दिनुहोस्