Shikhar Insurance
National Life

अब गैरआवासीय नेपालीले सेयर, बन्ड र डिबेन्चरमा डलरमा लगानी गर्न पाउने

सिंहदरबार संवाददाता
२०८० भाद्र २०, बुधबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली २०८० संशोधन गरेपछि
गैरआवासीय नेपाली र नेपाल सरकारकाे संयुक्त लगानी भएको कम्पनीमा अब डलरमा लगानी गर्न सकिने र भुक्तानी पनि गर्न सकिने भएको छ ।

उक्त संशोधित नियमावलीमा ‘नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्राचलित कानुनबमोजिम संस्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागि मात्र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधारसम्बन्धी परियोजनामा सेयर, बन्ड र डिबेन्चरमा लगानी गर्न पाउने व्यवस्था गरेकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, गैरआवासीय नेपालीले विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी नियमानुसार धितोपत्र निष्कासन गर्न पाउने र विदेशी मुद्रामा सेयर, बन्ड वा डिबेन्चरमा लगानी गर्ने गरी निष्कासन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकता प्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीबीच मात्र हुनेछ’ भन्ने उल्लेख छ । धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी अन्य व्यवस्था निर्देशिकामा तोकिएअनुसार हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्