Skip to content
Shikhar Insurance
National Life

सर्लाहीको मलंगवामा भारतीय सीमा नजिक १०८ फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो

Hyundai
NCELL
NIMB

सर्लाही । जिल्ला सदरमुकाम मलंगवामा भारतीय सीमाना नजिक १०८ फिट अग्लो राष्ट्रिय झण्डा निरन्तर पहरीने भएको छ । मधेश प्रदेश सरकारको विशेष अनुदानमा १०८ फिट अग्लो उक्त राष्ट्रिय झण्डाको निर्माण सम्पन्न भएको हो ।

३० लाखको लागतमा निर्माण भएको उक्त झण्डाको झण्डोत्तोलन तथा सिलालेख अनावरण मलंगवा नगरपालिका मेयर नागेन्द्र प्रसाद यादव र मधेश प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले संयुक्त रुपमा गरेका थिए ।

उक्त समारोहमा पूर्व माननीय लक्षमण राय, मधेश प्रदेशका माननीय कौशल किशोर राय मलंगवा नगरपालीकाका उप प्रमुख शकुन्तला देवी साह, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव राजनिति दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहर, लगायत नागरिक समाज, उद्योगि, व्यवसायी संघ संस्था ,प्रधानाध्यापक ,शिक्षक, राष्टसेवक कर्मचारीहरु लगाएतकाे सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्