काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले क्रिकेट रंगशाला बनाइदिने घोषणा गरेका छन् । एशिया कप क्रिकेटमा भारतसँगको प्रतिष्पर्धा हेर्न श्रीलंका पुगेका उनले उहिँबाट क्रिकेट रंगशाला बनाईदिने घोषणा गरेका हुन् ।
उनले एक सय रोपनी जग्गा पाएमा क्रिकेट रंगशाला महानगरपालिकाले बनाइदिने बताएका हुन् । बालेनले भनेका छन–‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’
उनले नेपाल र भारतले प्रतिष्पर्धा गरेको जस्तो रंगशाला एक अर्ब भन्दा कम लागतमै तयार हुने पनि बताएका छन् । ‘गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद ।’, बालेनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्