Shikhar Insurance
National Life

तीन दिनपछि सामान्य अंकले बढ्यो नेप्से, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० भाद्र १८, सोमबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से,सोमबार भने सामान्य अंक बढेर बन्द भएको हो।

नेप्से परिसूचक सामान्य अंक बढेसँगै दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन थ्रीस्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, ग्रीन भेन्चर्सको ९.९५ प्रतिशत, रु रु जलविद्युत परियोजनाको ९.८९, आशा लघुवित्तको ९.८० र अप्पर साङ्गे हाइड्रोपावरको ९.२९ प्रतिशतसेयर मूल्य बढेको छ। यस दिन लिबर्टी इनर्जीको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार नेप्से परिसूचक ७.०४ अंक बढेर १९६७.८३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब १८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० कम्पनीको ३२ हजार ५३३ पटकको कारोबारमा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको ३४ लाख ३२ हजार कित्ता सेयरखरिदबिक्री भएको छ। कारोबारमा आएको १२६ कम्पनकिो सेयर मूल्य बढेको छ । ८९ कम्पनीको घटेको छ भने, १४ कम्पनकिो सेयर मूल्य स्थिर छ ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको ५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको ४ करोड १९ लाख, नबील बैंकको ३ करोड ८५ लाख, सोल्टी होटलको ३ करोड ३८ लाख र एनआइसी एशीया बैंकको २ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ। अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन ०.०२ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्