Shikhar Insurance
National Life

विश्वकै उत्कृष्ट गभर्नर बने भारतका केन्द्रीय बैंकका शक्तिकान्त दास 

सिंहदरबार संवाददाता
२०८० भाद्र १८, सोमबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) गभर्नर शक्तिकान्त दासलाई ग्लोबल फाइनान्स पत्रिकाले ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३ मा एक असाधारण (ए प्लस) रेटिङ प्रदान गरी सम्मान गरेको छ । पत्रिकाको प्रतिवेदनले यो (ए प्लस) रेटिङ पाउनेमा विश्वभरका तीन केन्द्रीय बैंकरहरूलाई मात्रै छानिएका थिए । त्यसमा गभर्नर दास स्विट्जरल्यान्डका थोमस जे जोर्डन र भियतनामका न्गुएन थी हङ छन् ।

विश्वभरका केन्द्रीय बैंक कार्यकारीहरूमध्ये, ८ ले ‘ए’ रेटिङ प्राप्त गरेका छन् भने १० ले ‘ए’ माइन्स प्राप्त गरेका छन् । यो रेटिङ सन १९९४ देखि ग्लोबल फाइनान्सद्वारा वार्षिक रूपमा प्रदान गर्ने गरिएको छ । जसमा संसारभरका १ सय १ राष्ट्रहरूका केन्द्रीय बैंकका गभर्नरहरूको मूल्यांकन गर्ने गरिएको छ । जसमा युरोपीय युनियन, पूर्वीक्यारिबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी राज्यहरूको बैंक र पश्चिम अफ्रिकी राज्यहरूको केन्द्रीय बैंकजस्ता संस्थाहरू समावेश छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गभर्नरहरूलाई मुद्रास्फीति व्यवस्थापन, आर्थिक वृद्धिका लक्ष्यहरू प्राप्त गर्न, मुद्रा स्थिरता कायम राख्न, र ब्याजदरहरू ह्यान्डल गर्नेलगायतका क्षेत्रमा तिनीहरूको प्रभावकारिताको आधारमा ए देखि एफ सम्मको स्केलमा मूल्यांकन गरिन्छ । ‘ए’ ले उत्कृष्ट प्रदर्शनको प्रतिनिधित्व गर्छ भने एफले सामान्यभन्दा पनि तल्लो परिणाम जनाउँछ ।

ग्लोबल फाइनान्सका संस्थापक र सम्पादकीय निर्देशक जोसेफ जियारापुटोले भने, ‘मुद्रास्फीतिसँगको लडाइँ साझा चुनौती बनेको छ, केन्द्रीय बैंकहरू यस प्रयासमा अगाडि छन् । ग्लोबल फाइनान्सको वार्षिक केन्द्रीय बैंकर रिपोर्ट कार्डहरूले ती केन्द्रीय बैंकका गभर्नरहरूलाई सम्मानित गर्छ जसको रणनीतिक रूपमा आफ्नो कार्यनीतिलाई अगाडि बढाएका छन् । म ती गभर्नरहरूलाई भन्छु साथीहरू, मौलिकता, रचनात्मकता र लचिलोपन प्रदर्शन गर्दै आफ्नो कार्यानीतिलाई अगाडि बढाउनुस् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गभर्नर शक्तिकान्त दासलाई ट्वीटरमार्फत बधाई दिएका छन् । मोदीले यो उपलब्धि भारतका लागि गर्वको क्षण भएकोे बताएका छन् । मोदीले भने, ‘आरबीआईका गभर्नर शक्तिकान्त दासलाई बधाई छ। यो भारतका लागि गर्वको क्षण हो, जसले हाम्रो वित्तीय नेतृत्वलाई विश्वव्यापी मञ्चमा प्रतिबिम्बित गर्छ । उहाँको समर्पण र दूरदृष्टिले हाम्रो राष्ट्रको विकासको मार्गलाई सुदृढ बनाउँछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्