काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि नेपालको लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताए । अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको उनले बताए ।
नेपालमा अहिलेसम्म ४८ प्रतिशत जमिन वर्षायाममा मात्रै सिँचाइ हुने र १८ प्रतिशत जमिन मात्रै सधैँभर सिँचाइ हुने अवस्था रहेको बताउँदै मन्त्री भुसालले सिँचाइको समस्या समाधान गर्नु नै पहिलो काम रहेको भने । यस वर्ष सरकारले चैते धान १ लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम सुरु गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्