Shikhar Insurance
National Life

एमालेले भन्यो- सेयर धितो कर्जाको १२ करोडको सीमा खारेज हुनुपर्छ

सिंहदरबार संवाददाता
२०८० भाद्र १७, आईतवार १६:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेले सेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमालेको भ्रातृ संगठन नेपाल उध्योग तथा व्यवसायी महासंघले सेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको हो । एमालेले ५८ लाख लगानी कर्ता, १२ लाख दोस्राे बजारका लगानी कर्ताको १५ खर्ब सम्पत्ति मा क्षति पुगेको दाबी पनि गरेको छ ।

एमालेले सेयर धितो कर्जाको जोखिम भार पनि १०० प्रतिशत मात्रै बनाउन पनि भनेको छ । राष्ट्र बैंकले बिगत अढाई वर्षदेखि दोहोरो तेहोरो नियम लगायर सेयर बजारमाथि प्रहार गरेको आरोप पनि लगाएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका संसोधन गर्दै एक व्यवसायीक समुहको एक ऋणी कालोसूचिमा परेमा अन्य सबै साँझेदारहरु कालोसूचिमा पर्ने व्यवस्था गरेकोमा पनि महासंघले आपक्ति जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्जाको जोखिम वर्गिकरणमा अघि सारिएको नयाँ व्यवस्थाले पनि व्यवसायीक वातावरण बिगारेको आरोप एमाले निकट व्यवसायीहरुको छाता संस्थाले लगाएको छ । उच्च ब्याजदरलाई तत्काल घटाउनुपर्ने, आयातमा गरिएको कडाई खुकुलो बनाउनुपर्ने, बजारमा मागको सृजना हुने गरि नीति अघि सार्नुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

महासंघले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको सम्बन्धमा सुधार गरि व्यवसायीहरुलाई लगानी गर्ने वातावरण बनाउनुपर्ने धारणा पनि अघि सारेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्