काठमाडौं। एनएमबी बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । सो अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पाेस)मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक पाउनेछन् ।
यो अफर सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ । एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्