काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।
विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौताअन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाइल बैंकिङबाट सीधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।
‘आइएमई पे’ ले ग्राहकहरूको सुविधाक लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्