Skip to content
Shikhar Insurance
National Life

नेपालका चार प्रतिनिधि एशियन महासंघमा निर्वाचित

Hyundai
NCELL
NIMB

काठमाडौं । एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभामा नेपालका ४ जना प्रतिनिधि विभिन्न पदमा चयन भएका छन्।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा काठमाडौंमा भइरहेको ५५औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअन्तर्गत एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभाले महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष पदमा चयन गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी महसंघका उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेशनको उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनीत गरको महासंघका सचिव दिनेश राजभण्डारीले जानकारी दिए।

सबै निर्वाचित सदस्यहरुको कार्याकाल चार वर्षको हुनेछ । नेपालमा आयोजना हुने एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअघि साधारणसभा भएको हो । उक्त प्रतियोगिताको खेल भने भोलि हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्