काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक घटेपनि थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
यसदिन उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २३ रुपैयाँ १० पैसा बढेर प्रतिसेयर २५४ रुपैयाँ १० पैसा पुगेको हो । त्यसैगरी, यसदिन सिक्लेस हाइड्रोपावर कम्पनीको ५.५६ प्रतिशत, १० प्रतिशत प्रइम डिबेन्चर्स २०८८ को मूल्य ४.०३ प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको १.९६ प्रतिशतले बढेको छ । अन्य कम्पनकिो सेयर मूल्य भने, १.९१ प्रतिशत भन्दा कमले बढेको छ ।
यसदिन कारोबारमा आएको लिर्बटी इनर्जि कम्पनी र सिटी होटलको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन ग्रीन भेन्चर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २९.८१ अंकले घटेर १,९६०.७८ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.०९ अंकले घटेर ३७६.६२ को विन्दुमा बन्द भएको हो ।
दिभभरीमा २७६ कम्पनकिो ४० लाख ५३ हजार ३६८ कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाख रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएको ८ कम्पनीको सेयर मूल्य बढेको छ । २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने, ८ कम्पनकिो सेयर मूल्य स्थिर छ ।
कारोबार रकमको आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । होटलको ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख र सिटी हाहेटलको ३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया दिनुहोस्