काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएका छन्। यी दुई लघुवित्तले भदौ १५ गते (शुक्रबार) मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत सेयरधनीहरुको सेयर कारोबार रोक्का रहने भएको छ। साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत सेयरधनीमा ७ जना रहेका छन् भने सबैको लघुवित्तको आधारभुत सेयरधनीमा २० जना रहेका छन्।
यी आधारभुत सेयरधनीहरुको सेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहनेछ।
प्रतिक्रिया दिनुहोस्