काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र लयमा ल्याउने प्रयास भैरहेको र त्यसको नतिजा चाँडै देखिने दावी गरेका छन् ।
शनिबार राजधानीमा आर्थिक पत्रकार समाजको साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको बताएका हुन् ।
उनले आर्थिक सूचकहरुले पनि अर्थतन्त्रमा क्रमशः सुधार आउँदै गरेको तथ्य उजागर गरिरहेको दावी पनि गरे । ‘पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सन्चित पर्याप्त छ । आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको छ । आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ’, मन्त्री डा. महतले भने ।
उनले ल्य अनुसार राजश्व संकलन हुन नसकेकोमा चिन्ता पनि व्यक्त गरे । ‘हामीले अनुमान गरेअनुसार राजश्व बढेको छैन, पोहोर सालको तुलनामा वृद्धि भइरहेको छ । आउँदो वर्ष लक्ष्यमा पुगे विश्वास लिएको छु’ मन्त्री डा. महतले भने, ‘राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ । निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउँछ ।
प्रतिक्रिया दिनुहोस्