Skip to content
Shikhar Insurance
National Life

प्रभु क्यापिटल लिमिटेड र होस्टे हैंसेबीच सम्झौता नवीकरण

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी सञ्चालनमा ल्याएको लगानी व्यवस्थापन सेवाअन्तर्गत होस्टे हैंसे सँगको सम्झौता नवीकरण गरेको छ ।

उक्त सम्झौताअनुसार बालबालिकाहरुको लागि प्रभु लिटिल क्याम्प नामक लगानी व्यवस्थापन सेवा (पीएमसी) लिएबापत १ जना गरिब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रूपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाइ छ ।

‘छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित सञ्चालन गरिएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो ।

“प्रभु लिटिल च्याम्प” नामक लगानी व्यवस्थापन सेवा आफ्नो बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि सञ्चालन गरिएको पीएमसी सेवा हो । यस पीएमसी सेवाको लगानी अवधि ५ वर्ष, हर्डल रेटः ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको छ भने नाफा वितरण न्यूनतम लगानी अवधिपश्चात् र गरिब तथा पिछडिएका बालबालिकालाई १ वर्षका लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्ने लगायत यस योजनाका मुख्य विशेषता हुन् ।

क्यापिटलका अनुसार यस योजनामा संलग्न भएका सेवाग्राहीहरुले अन्य पीएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।

त्यसैगरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्