Skip to content
Shikhar Insurance
National Life

सिँचाइका लागि डिप ट्युवबेल निर्माण

Hyundai
NCELL
NIMB

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा सिँचाइका लागि डिप ट्युवबेल निर्माण गरिएको छ । कावासोती–३ को पुरानो बजारमा निर्माण गरिएको डिप ट्युवबेलका कारण स्थानीय एक सय ८१ घरधुरीका एक हजार जनसङ्ख्या लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

संघीय सरकारको सिँचाइ विशेष कार्यक्रम अन्तर्गत भैरहवास्थित लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन कार्यालयले डिप ट्युवबेल निर्माण गरिदिएको पुरानो कावासोती डिप ट्युबेल सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए।

कूल लागत ८६ लाख ५८ हजार दुई सयमध्ये उपभोक्ता समूहले ३ लाख ७१ हजार एक सय ९३ लागत सहभागिता जनाएको श्रेष्ठको भनाइ छ । वर्षौँदेखि सिँचाइको अभावले कृषि पेसानै सङ्कटमा परेको बेला डिप ट्यूवबेल निर्माणपछि आफूहरु हर्षित भएको श्रेष्ठले बताए।

सिँचाइका लागि निर्माण गरिएको डिप ट्युवबेलमा सी आकारमा एक हजार मिटर भूमिगत पाइप विच्छ्याइएको जियोलोजिष्ट इञ्जिनियर कपिल महर्जनले बताए। उनकाअनुसार भूमिगत पाइपमध्ये एक दर्जन आउटलेट, दुईवटा एअर पाइप तथा क्षेत्र विस्तारका लागि तीनवटा टी फिटिङ गरिएको छ ।

डिप ट्यूवबेलको प्रतिसेकेन्ड २५ लिटर पानी फाल्ने क्षमता रहेको भन्दै महर्जनले ट्युवबेलबाट निकालिएको भूमिगत जल १८ फिटमाथि ओभरहेड ट्याङ्कीमा पठाइ त्यहाँवाट सिधा वितरणको व्यवस्था मिलाइएको बताए।

डिप ट्युबेलले यहाँको ४० बिघा जमिन सजिलै सिञ्चित गर्नसक्ने उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । विसं २०७७ पुस १७ देखि काम सुरु गरेको उपभोक्ता समितिले तीन वर्ष सात महिना २२ दिनमा डिप ट्युवबेल निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो ।

डिप ट्युवबेललाई कृषि सहकारीमार्फत सञ्चालन गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। कावासोती–३ पुरानो बजारका सैयौँ घरधुरी र आश्रित परिवार सिँचाइ सुविधाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्