मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट पारे। उनले भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन दलसँग कोशी प्रदेशमा सरकार निर्माणका लागि कुनै सम्झौता नगरेको जनाउँदै राप्रपाले गठबन्धनलाई सहयोग गर्ने झुठो कुरा हो।
पूर्वप्रधानमन्त्री ओली संसद्बाट सर्वसम्मतिले पारित गरेको नेपालको भूगोल समेटिएको नक्सालाई चुच्चे नभन्न आग्रह गर्दै मित्रराष्ट्र चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा समावेश गर्न कूटनीतिक नोट पठाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्