Shikhar Insurance
National Life

एकिकृत समाजवादीको युवा संघ एमसीसीको बिरोधमा, भन्योः अन्यथा एमसीसी खारेज गरियोस्

सिंहदरबार संवाददाता
२०८० भाद्र १३, बुधबार १४:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ नेकपा(एकिकृत समाजवादी) निकट युवा संघ नेपालले एमसीसी विरुद्ध वक्तव्य निकालेको छ । विवादका बिच अध्यक्ष घोषणा गरिएका कृष्ण बिकले विज्ञप्ति निकाल्दै एमसीसीको बिरोध गरेका हुन् ।
उनले एमसीसी आफैंमा एउटा असमान सम्झौता भएको पनि दावी गरेका छन् । संसदबाट पास गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरे नगरेकोबारे नेपाल सरकारले स्पष्ट पार्नुपर्ने माग पनि युवा संघले गरेको छ ।

अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार नगर्ने हो भने ३० दिने सूचना निकालेर नेपाल सरकारले नै एमसीसी सम्झौता खारेज गर्नुपर्ने पनि युवा संघको विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्