काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन् । भन्सार विभाग र राजश्व सचिव डा. रामप्रसाद घिमिरेलाई संयुक्त पत्र लेखेर उनीहरुले सामुहिक सरुवा मागेका हुन् ।
कर्मचारीहरुले सुन तस्करी प्रकरणपछि आफुहरुको मान मर्दन भएको, सामाजिक प्रतिष्ठामा आँच आउन थालेको, यात्रुहरुले समेत दुर्व्यवहार गरेको भन्दै सामूहिक सरुवा मागेर निवदेन दिएका हुन् ।
६६ किलो सुन तस्करीको छानबिन आरम्भ भएपछि भन्सारका कर्मचारी त्रसित छन् ।
प्रतिक्रिया दिनुहोस्