Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकका लगानीकर्तालाई १४ प्रतिशत लाभांश, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० भाद्र १३, बुधबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंक यसपाली लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक पनि बनेको छ । बैंकका लगानीकर्ताले १४ प्रतिशत लाभांश पाउने भएका छन् । भदौ १३ गते बिहान बसेको बैंक सञ्चालक समितिको ४८६ औं बैठकले लगानीकर्ताहरुलाई १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक बर्ष २०७९।८० को नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई सो मात्रामा लाभांश दिन लागेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि माछापुच्छ्रे बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माछापुच्छ्रेले हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल एंव सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

माछापुच्छ्रे बैंकको नाफा १८५ करोड, लगानीकर्तालाई १५ प्रतिशत बढी लाभांश

 

GBIME

प्रतिक्रिया दिनुहोस्