काठमाडौं । शिव सुन्दर टोल सुधार समितिको १३ औं वार्षिक साधारण सभा शनिवार गोठाटार काठमाडौंमा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले गरेका थिए ।
कार्यक्रममा मेयर कार्कीले भने ‘स्थानीय सरकारको जनतासंग प्रत्यक्ष जोडिने युनिट भनेकै टोल सुुधार समितिहरू हो । उनीहरूको प्राथमिकता अनुुसार काम गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको छ ।’ कार्कीले पिउने पानी र शहरी सुरक्षाको व्यवस्थालाई आफूले उच्च प्राथमिकता राखेर काम गरिरहेको पनि सो अवसरमा बताए ।
सिव सुन्दर टोल सुुधार समितिभित्रका टोलवासीहरूलाई आफूले विभिन्न चरणमा गरेर पिउने पानीको दिर्घकालिन व्यवस्थाका लागि काम गरिरहेको जानकारी समेत मेयर कार्कीले बताए ।
नगरपालिकाले घर बहाल कर संकलनलाई विशेष जोड दिने र बहाल करको दर घटाई त्यसको दायरा विस्तार गर्ने सोच अनुसार काम भएको भन्दै सबैलाई बहाल कर तिर्न अनुरोध समेत काकीले गरे । उनले यसरी उठेको घर बहाल करको २५ प्रतिशत रकम सम्बन्धित क्षेत्रका बासिन्दाको चाहना अनुसारको विकास कार्यमा उपयोग गरिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्