Skip to content
Shikhar Insurance
National Life

इञ्जिनीयरिङको शुल्क वृद्धिको विरोधमा आमरण अनशन

Hyundai
NCELL
NIMB

ललितपुर । इञ्जिनीयरिङ अध्ययन संस्थानले गरेको अस्वभाविक शुल्क वृद्धिको विरोधमा पुल्चोकमा पाँच दिनदेखि आमरण अनशन जारी छ ।

नेपाल विद्यार्थी सङघ (नेविसङ्घ) पुल्चोक एकाइ सभापति सुलभ चौलागार्इं पाँच दिनदेखि आमरण अनशनमा बसेका छन् । आमरण अनसनको पाँचौँं दिन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुल्चोक पुगेर अनशनरत चौलागार्इंको अवस्था र मागका बारेमा जानकारी लिएका छन् ।अनशनरत चौलागार्इंको अवस्थाको जानकारी लिएपश्चात कांग्रेस नेता केसीले नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले पनि यस विषयमा गम्भीरताका साथ चासो दिनुपर्ने बताए। “विद्यार्थीको मागका विषयमा सम्बन्धित पक्षले ध्यान दिनुआवश्यक छ, विद्यार्थीलाई अनशनमा राखेर इञ्जिनीयरिङ अध्ययन संस्थानका जिम्मेवार व्यक्ति आनन्दसँग निदाउन मिल्दैन, यो विषयको समाधानका लागि नेविसङ्घ केन्द्रीय समितिले पनि गम्भीरताका साथ चासो लिनु आवश्यक छ”, उनले भने ।

इञ्जिनीयरिङ अध्यायन संस्थानले शुल्क वृद्धि गरेको जानकारी गत साउन ११ गते विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशति भएपछि मात्रै जानकारी पाएको नेविसङ्घ लगायतका विद्यार्थी सङ्गठनको भनाइ छ । शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्याथी युनियन, नेविसङ्घ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले यही भदौ ६ गते सार्वजनिक विज्ञप्तिसमेत जारी गरेका थिए । संस्थानले आर्थिक वर्ष २०८०/८१ देखि लागू हुनेगरी गरी रु तीन लाख १८ हजारबाट रु सात लाख ७५ हजार चार सय २० पु¥याएको हो ।

आमरण अनशनस्थलमा भेटिएका पुल्चोक क्याम्पस नेविसङ्का निवर्तमान एकाइ सभापति रमेश केसीले भने, “यो अवैज्ञानिक र अस्वभाविक शुल्क वृद्धिले एउटा ठूलो वर्गको इञ्जिनीयरिङ अध्ययन गर्ने सपना नै तोडिदिएको छ ।” आमरण अनशन सुरु भएदेखि आजसम्म एक सयभन्दा बढी नेविसङ्घका केन्द्रीय सदस्यले उपस्थित भएर साथ दिएको अनशनस्थलमा भेटिएका पश्चिमाञ्चल इञ्जिनीयरिङ क्याम्पसका नेविसङ्घ सभापति प्रदीप पनेरुले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्