Shikhar Insurance
National Life

लक्ष्मी लघुवित्तले दियो ४० जनालाई पोते बनाउने तालिम

सिंहदरबार संवाददाता
२०८० भाद्र १०, आईतवार १३:२९
Hyundai
NCELL
NIMB

मकवानपुर । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको हर्नामाडी शाखामा आवद्ध ग्राहकहरुलाई पोते बनाउने तीनदिाने तालिम दिएकाे छ । भदाै ०६ गते देखि ०८ गते ३ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ४० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।

ग्राहक सदस्यहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको लघुवित्तले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तालिम कार्यक्रममा उपस्थित हेटौडा उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष अनिल कुमार बानियाले सीपमूलक तालिमले महिलाहरुलाई सफल व्यवसायि बनाउन मद्धत पुग्ने, तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने र वित्तीय अनुशासनको पालना गर्नु पर्ने आवश्यकता रहेको हुंदा यस कार्यमा सबै जना एकचित्त भई लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग र अनलाईन भुक्तानीका सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्