Shikhar Insurance
National Life

प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव मानन्धर नियुक्त

सिंहदरबार संवाददाता
२०८० भाद्र ८, शुक्रबार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो पदमा नियुक्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मानन्धरले शुक्रबार नै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै श्रेष्ठले मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर पनि काम गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्