काठमाडौं । डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ ।
जसअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।
यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, युकेले व्यवस्थापन गरेको संसारभरका १ सय ४० भन्दा बढी देशका ६ सय ६० सहरमा अवस्थत १४ सयभन्दा बढी एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।
प्रायोरिटी पासले उडान गर्नुअघि, एयरपोर्ट लाउन्जअनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाईफाई प्रयोग गर्नलगायत अन्य अतिरिक्त सुविधाहरुसहित लाउन्जको अनुभव प्रदान गर्छ ।
प्रतिक्रिया दिनुहोस्