काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । शुक्रबार बिहान बनस्थलीस्थित कार्यालयको तेस्रो तलामा आगलागी भएको हो ।
काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । आगो नियन्त्रणमा लिन एक घण्टा लागेको थियो ।
आगलागीको कारण खुल्न नसकेको भए पनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
प्रतिक्रिया दिनुहोस्