काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने छ । कान्ति बाल अस्पतालमा बिहीबार आयोजित एक समारोहकाबीच उक्त रकम प्रदान गर्ने सहमति भएको छ ।
सो समारोहमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका थिए ।
सो अवसरमा अस्पतालका निर्देशक डा। युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगन्ज शाखाका प्रमुख अभयबहादुर शाहलगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्