Skip to content
Shikhar Insurance
National Life

चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु, ३८ रुपैयाँ शुल्क 

Hyundai
NCELL
NIMB

दाङ । यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ ।

कार्यालय प्रमुख रमेश गौतमले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए। उनले कार्यालयको १३ नं कोठाबाट सेवा दिन थालेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सेवा लिने सेवाग्राहीबाट ३८ मात्रै शुल्क लिइने पनि कार्यालय प्रमुख गौतमले जानकारी दिए।

स्वास्थ्य परीक्षणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध हुने भएपछि सेवाग्राहीलाई सहजता हुने बताए। यसअघि सेवाग्राहीले सो सेवा कार्यालय बाहिर रहेका पसलबाट चर्को मूल्यमा लिने गरेका थिए । उनीहरुले स्वास्थ्य सेवा लिएबापत तीन सय शुल्क तिर्दै आएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE