Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकले क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा २० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र ६, बुधबार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडाैं। सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज मन्थ्ली पे डे’ योजनाअन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ।

ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ को साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्न ग्राहकहरूले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ। यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी इएमआइ सुविधा पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।

उक्त छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुरू गरी सक्नुपर्ने हुन्छ।
बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटिएम सञ्चालनमा छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्