Shikhar Insurance
National Life

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ किनबेच?

सिंहदरबार संवाददाता
२०८० भाद्र ६, बुधबार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनकाे १ सय र चाँदीको मूल्य १० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्