काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भदलौ १५ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले प्रति कित्ता २४४ रुपैयाँ दरका ९० लाख कित्ता आईपीओ भदौ १५ गतेदेखि सर्वासाधारणका लागि निष्काशन गर्न लागेको हो ।
सिटिजनले यस अघि नै वैदेशि रोजगारीमा रहेका नेपाली र कर्मचारीका लागि आईपीओ निष्काशन गरेर बाडफाँट पनि गरिसकेको छ ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने दरले एक करोड १२ लाख २० हजार कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कर्मचारीका लागि पाँच प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत आईपीओ निष्काशन तथा बाडफाँट समेत सम्पन्न भैसकेको छ ।
बाँकी रहेको ९० लाख कित्ता सेयर भने भदौ १५ देखि १९ गतेसम्म आम सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यो आईपीओ ९ लाख आवेदकहरुले १०।१० कित्ता पाउनेछन् । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा ११४ रुपैयाँ प्रिमियम थपेर आईपीओ जारी गर्न अनुमति पाएको थियो । आईपीओमा न्यूनतम्, १० कित्ता र अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
कम्पनीको आईपीओलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता मध्यमस्तर रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्