Shikhar Insurance
National Life

१७ अंकले बढ्यो सेयर बजार

सिंहदरबार संवाददाता
२०८० भाद्र ५, मंगलवार १५:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.६९ अंक बढेर २,०१५.९८ को विन्दुमा बन्द भएको हो । त्यसैगरी ठूला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.३६ अंक बढेर ३८५.९८ को विन्दुमा बन्द भएको छ । यसदिन कुथेली बुखरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै, इङवा हाइड्रोपावर कम्पनीको ८.९१ प्रतिशत, माई खोला हाइड्रोपावरको ८.९० प्रतिशत, मक्कर जितुमाया हाइड्रोपावरको ८.४२ प्रतिशत र छ्याङ्दी हाइड्रोपावर कम्पनीको ८.२५ प्रतितशत सेयर मूल्य बढेको छ । कारोबारमा आएको लक्ष्मी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ४.४२ प्रतिशतले घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार सुरुवाती चरणमा कारोबार रकम निकै सुस्त रहेको भएपनि बजार फर्कदा भने कारोबार रकम बढ्दै गएको देखिन्छ। कारोबारमा आएको १८१ कम्पनकिो सेयर मूल्य बढेको छ । ४२ कम्पनीको घटेको छ भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन कुमारी बैंकको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको २८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख, शिवम् सिमेन्टको ४ करोड ६२ लाख र सोल्टी होटलको ४ करोड १४ लाख र घोराही सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्