Shikhar Insurance
National Life

गमगाढ खोलामा पुल नहुँदा सास्ती

सिंहदरबार संवाददाता
२०८० भाद्र ५, मंगलवार १३:४४
Hyundai
NCELL
NIMB

मुगु । छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छन्।

सोही नगरपालिकाकै वडा नं १ श्रीनगर गाउँमा रहेको मीन मावि कक्षा ७ मा अध्यनरत छात्रा सपना मल्ल र महाकाली नमूना मावि कक्षा ८ मा अध्ययनरत छात्र मुस्कान मल्ल आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोला माथिका दुई लाप्का भएर जानुपर्ने भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कंदा डराउँदै खोला तर्ने गरेको सुनाउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुगुम कार्मारोङ्ग गाउँपालिका–१ डोल्फु गाउँका छिरिङ आग्मु लामा उक्त खोला तर्दा काठका लप्का हल्लिएर रिङ्गटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भन्छिन्, “सदरमुकामबाट यार्सा पाटन जाँदा चाहिने औषधि, लत्ताकपडा र खानेकुरा किनेर घर जाँदै थिए खोलामा खसे भारी बगायो म बाँचे ।”

जिल्ला सदरमुकाम जाँदा र फर्किंदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका–१९ गाउँका बासिन्दाले सधैँ सास्ती भोग्दै आएका छन् ।

मीन माविमा अध्ययनरत विद्यार्थी आकाशमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको शिक्षक शिवलक्ष्मी मल्ल बताउछिन्।  बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्नका लागि पढाइ बीचमै छाडेर विद्यार्थी घर जान हतार गर्ने गरेका रहेछन् । पुल नहुँदा त्यही खोला तरेर आउने विद्यार्थीको पढाइमा समेत असर गरेको शिक्षक मल्लले बताए।

गमगढी–नाक्चे लाग्ना सडक गमगढी बजारबाट १८ किमी मुगुम कार्मारोङ्ग–९ छाइलको सुलसुले भीरसम्म पुगे पनि यो खोलामा पुल नहुँदा र खोला ठूलो भएकाले गाडीले खोला तर्न नसक्दा बिरामीलाई बोकेर जिल्ला अस्पताल तथा सदरमुकामसम्म पनि ल्याउन कठिन हुने गरेको छ ।

“खोलामा पुल भइदिएको भए सडकमा सवारी साधन नियमित हुन्थे, बिरामीलाई समयमै जिल्ला अस्पताल र हवाई मार्ग भएर सुविधा सम्पन्न अस्पतालमा लैजान सहज हुने थियो, अहिले पुल नभएकै कारण यो सडकमा यातायातका साधन चलेका छैनन्, मानिसहरुलाई आवतजावतमा समस्या भोग्नुपरेको छ”, लुम्स गाउँका स्थानीयवासी कम्बर ऐडी भन्छन्।

विगतका वर्षहरुमा गमगाढ खोलामा पानीको बहाव बढेमा र बाढी आएमा मानिसहरु चाटया बगर र हाडढुङ्गा भन्ने स्थानमा रहेका झोलुङ्गे पुलको वैकल्पिक बाटो भएर खोला तर्ने गदर्थे । विसं २०७९ असोज १७ देखि २३ गतेसम्म परेको पानीले गमगाढ खोलामा बाढी आएर ती दुवै पुल बगाएपछि मानिसहरुलाई खोला तर्ने अन्य कुनै विकल्प नहुँदा बाध्य भएर जति समस्या आए पनि खोला तर्नुपर्ने भएको हो ।

यो खोलामा छायाँनाथ रारा नगरपालिकाले प्रत्येक बर्खामा काठको साघु हाल्दै आए पनि बाढीले सधैँ साघु बगाउँदै लग्ने गरेको नगर उपप्रमुख ऐश्वर्य मल्लले बताइन्।  यस वर्ष पनि नगरपालिकाले काठको साघु बनाउन ४ लाख छुट्याएर काम सुरु गरिसकेको उपप्रमुख मल्लले जानकारी गराए। उनले भनिन्, “नगरपालिकाको त्यो ठाउँमा स्थायी झोलुङ्गेपुल राख्ने योजना थियो, तर यही खोलामा सडक डिभिजन कार्यालय जुम्लाले गाडी गुड्ने स्थायी पुलको ठेक्का खोलिसकेको बताएकाले दोहोरो खर्च नहोस् भनेर पुल नबनाएका हौँ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्